29.1 C
Kathmandu

निक्षेप भन्दा कर्जा १६४ प्रतिशतले बढ्यो, २ खर्बको स्रोतबाट ५ खर्ब ऋण लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थहरूले चालू आर्थिक वर्ष निक्षेप भन्दा कर्जा प्रवाह १६४ प्रतिशतले बढाएका छन् । चालू आर्थिक वर्षको १० महिना (साउन-वैशाख)सम्ममा बैंकरूले जम्मा २ खर्ब ८अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् ।

उक्त रकमभन्दा ३ खर्ब ४३ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । यो वर्षको वैशाखसम्ममा बैंकरूले प्रवाह गरेको कर्जा ५ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तो कर्जा चालू आवको सो अवधिमा गत वर्षको वैशाखसम्मको तुलनामा १३.२ प्रतिशतले मात्रै कर्जा प्रवाह भएको छ । यस्तो कर्जा निक्षेपको तुलनामा भने बढी हो । निक्षेपको बृद्धिदर भने यो अवधिमा जम्मा ४.४ मात्रै रहेको छ ।

अहिलेसम्म बैंकिङ प्रणालीमा ४९ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा बैंकहरुले प्रवाह गरेको कर्जा भने ४७ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।

चालू आव लागेदेखि नै बैंकहरुमा तरलता अभाव बढेकोले पनि लगानीयोग्य रकम अभाव देखिएको छ । बैंकहरुमा लगानीयोग्य रकम नै नभएका कारण निक्षेप थोरै र कर्जा भने केन्द्रीय बैंकले दिएको स्थायी तरलता सुविधा र बैंकहरुले आफ्नो स्रोतबाट प्रवाह गर्न पाउने अधिकतम सीमा पुगिसकेको छ ।

बैंकहरुले प्रवाह गर्न पाउने कर्जाको सिमा सबैजसको बढेको र अधिकतम सीमा नजिक पुगेको र स्रोत बढ्ने निक्षेप नहुँदा सबैजसो बैंकहरुले तीन महिनादेखि नै कर्जा प्रवाहलाई निरुत्साहन गरेका छन् । यो वर्ष सकिन अझै २ महिना बाँकी भएपनि बैंकहरुले कर्जा प्रवाह रोकेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार