23.1 C
Kathmandu

सेयर बजारबाट १५ खर्ब गुम्यो, लगानीकर्ता आत्तिएपछि नेप्से निरन्तर ओरालो

काठमाडौं । सेयर बजारबाट लगानीकर्ताको विगत नौ महिनाको अवधिमा करिब १५ खर्ब रुपैयाँ गुमेको छ । गत भदौ २ मा ३२ अंक पुगेको नेप्से सूचक त्यपछि हालसम्ममा ११५०.६७ अंक घटिसकको छ ।

नेप्से निरन्तर घटेर २०४८.१६ अंकको बिन्दुमा झरेको हो । यो अवधिमा सेयर बजारमा १५ खर्ब बढी नोक्सान भइसकेको छ । अझै बजार रोकिने छाँट भने देखिको छैन् ।

चालु आर्थिक वर्षको शुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता)को अभाव, राष्ट्र बैंकले मौद्रिक नीतिले सेयर बजार घटाएको हो ।

मौद्रिक नीतिले सेयर धितो कर्जामा न्यूनतम ४ करोड र अधिकमत १२ करोड रुपैयाँको सीमाको नीति लिएपछि घट्दै गएको बजार अझै सम्हालिएको छैन् । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि सेयर बजार सुधार गर्ने भनेपछि अझै सुधार हुन सकेको छैन् ।

आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिको तयारी भइरहेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको लागि सुझाव मागिसकेको छ ।

आगामी आवमा गत वर्ष लिएको न्युनतम ४ करोड र एक परिवारले विभिन्न बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने व्यवस्थामा परिवर्तन गर्ने अनुमान छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार