29.1 C
Kathmandu

रेमिटेन्सको पर्यायबाची आइएमई, ४५ हजारलाई रोजगारी

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई रेमिट्यान्सको पर्यायबाची भएको बताए । आफैं वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरेका थिए अहिले ४० देखि ४५ हजारको संख्यामा रोजगारी सिर्जना गरेको जानकारी दिए ।

एउटा सानो कोठाबाट शुरूवात भएको आइएमईले बिगतमा भोगेका कैयन जोखिम एवम् चुनौतीहरूको स्मरण गर्दै अहिले आइएमई रेमिटेन्सको पर्यावाची बनेको देख्दा आफूर आफ्नो टीम प्रशन्न रहेको बताए ।

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनायो ।

अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव श्रीमान् शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायका व्यक्तित्वहरूले विशिष्ट अतिथि वक्ताको रूपमा शुभकामना मन्तब्य व्यक्त गरे ।

आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सम्बोधन गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शमा पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठ , माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ्, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले पनि सम्बोधन गरेका छन् ।

माननीय अर्थ मन्त्री श्री जनार्दन शर्माले उक्त औपचारिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तब्य दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय अर्थ मन्त्री शर्माले रेमिटेन्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन खोज्दा हुण्डी कारोबार चलिरहेको थियो भन्दै, थुप्रै चुनौती पार गरेर रेमिटेन्स क्षेत्रलाई यहाँसम्म ल्याइपु¥याउन आइएमईले गरेको योगदानको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरे । सम्बोधनका क्रममा मन्त्री शर्माले रेमिटेन्सले ग्रामिण क्षेत्रको दुखी जीवनलाई सुखी तुल्याएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव शंकरदास बैरागीले ज्ञान, सीप र अनुभवले विशेष अर्थ राख्दछ भन्ने कुराको नमुना आइएमई रहेको बताउँदै रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत नेपाल भित्र्याउन थप सहकार्य गर्न सकिने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ सचिव मधुकुमार मरासिनीले आइएमईले रेमिटेन्स संस्कृतिमा सुधार ल्याएको बताउँदै एउटा आइडियाले संसार बदल्ने सक्ने बताए ।

सम्बोधनका क्रममा उनले भने, गाउँगाउँमा आइएमई संस्कृति विकास भएको छ अव यसरी आएको पैसालाई उत्पादनशील क्षेत्रमा रुपान्तरण गर्नु महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव एकनारायण अर्यालले पाँच हजार श्रमिक रहेका ठाउँमा आफ्ना सेवाकेन्द्र स्थापना गर्न आइएमई व्यवस्थापनलाई सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले रेमिटेन्ससँग सम्बन्धित विभिन्न डाटा प्रस्तुत गर्दै आइएमई परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार