29.1 C
Kathmandu

दोस्रो पटकको प्रयासमा निमानुरु एनएमएको अध्यक्ष

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)मा को अध्यक्षमा निमानुरु शेर्पा विजयी भएका छन् । शेर्पा दोस्रो पटकको प्रयासमा एनएमएको अध्यक्ष बन्न सफल भएका हुन् । यस अघि पनि प्रयास गरेर शेर्पा यो पटक भने सम्मानजनक मतसहित विजयी भए ।

एनएमएको शुक्रबार सम्पन्न निर्वाचनबाट निमानुरु शेर्पा निर्वाचित भए । शेर्पाले प्रत्यासी राजेन्द्र मान श्रेष्ठलाई ६१३ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

अध्यक्ष शेर्पाले ७३५ मत र श्रेष्ठले १२२ मत ल्याएका छन् । बरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथमउपाध्यक्षमा आङदावा शेर्पा, द्धितिय उपाध्यक्षमा दावा याङजुम शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचत भए ।

सदस्यहरुमा आङदावा शेर्पा, किसान गुरुङ, सिङगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नाम्ग्यल जङबु शेर्पा, पासाङ दावा शेर्पा, दिनेस तामाङ, निमाडोमा शेर्पा र डोमा शेर्पा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत गोकुलप्रसाद बुर्लाकोटीले जानकारी दिए ।

पर्वतारोहीहरु सहभागी रहेको नेपालकै ठूलो संस्थामध्ये यस सङ्घले हाल नेपालका २७ वटा साना हिमालहरुबाट राजस्व सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार