23.1 C
Kathmandu

पेट्रोलमा ८ र डिजेलमा एकैपटक बढ्यो लिटरमै १२ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा ८ र डोजेलमा एकैपटक बढ्यो लिटरमै १२ रुपैयाँ बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँले बढाएर १७८ रुपैयाँ बनाएको छ । साथै, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले बढाएर १६५ रुपैयाँ बनाएको छ ।

अत्यधिक मूल्यवृद्धि भएको भन्दै निगमले प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घटाएको निगमले घाटा बढेको बहानामा फेरि मूल्य बढाएको छ । निगमले यसपटक ग्याँस तथा हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ ।

निगमका अनुसार वैशाखसम्म ४७ अर्ब रुपैयाँ घाटा भइसकेको र आगामी असार मसान्तसम्म घाटा ६० अर्बै रुपैयाँ पुग्ने अनुमान गरिएको छ । मूल्य समायोजनापछि पनि निगमलाई १५ दिनमा ३ अर्ब १ करोड रुपैयाँ घाटा कायमै छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार