29.1 C
Kathmandu

चुुनावपछि बैंकहरूमा थपियो २० अर्ब निक्षेप, कर्जा नियन्त्रणसँगै तरलतामा सुधार आउने संकेत

काठमाडौं । वाणिज्य बैंकहरूमा चुनावपछिको २० दिनमा २० अर्ब रुपैयाँ नै निष्ोप थपिएको छ । बैंकहरूले कर्जा नियन्त्रण गरेर निक्षेपलाई जोगाइरहेका कारण आगामी महिनादेखि तरलता अभावको दाबाब कम हुने अनुमान गर्न थालिएको छ ।

वाणिज्य बैंकहरुमा जेठ तेस्रो सातासम्ममा २० अर्ब रुपैयाँले निक्षेप बढ्दा कर्जा प्रवाह भने ५ अर्ब रुपैयाँ मात्रैले बढेको छ । यो अवधिमा निक्षेप बढेको देखिएपछि कर्जा नियन्त्रण गरेर राखिएको देखिन्छ ।

वैशाख मसान्तमा वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा जेठ २० सम्ममा ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँबाट ४१ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरुमा जेठ लागेसँगै निक्षेप बढ्न थालेको देखिएको भएपनि पछिल्ल्लो एक सातामा कर्जा प्रवाह भने घटेको छ । १३ जेठदेखि २० जेठसम्मको अवधिमा वाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप बढाउँदा कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले घटेको छ ।

वाणिज्य बैंकहरुले यो अवधिमा ४३ खर्ब ८३ अर्बबाट निक्षेप बढाएर ४३ खर्ब ९० अर्ब रुपैयाँ पुर्याएका छन् । यो अवधिमा प्रवाह भएको कर्जा भने ४१ खर्ब ९८ अर्ब रुपैयाँबाट ४१ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको वाणिज्य बैंकहरुको छाता संस्था बैंकर्स एशोसिएसन अफ नेपालले मंगलवार जारी गरेको एक तथ्यांकमा उल्लेख छ ।

चुनावमा भएको खर्च बैंकहरूमा आउन थालेको र सरकारले पनि विकास खर्च बढाउन थालेको साथै आर्थिक वर्ष सकिन लागेकोले कारोवार बढ्ने हुँदा बैकहरूमा थप लगानी आउनसक्ने अनुमान गरिएको छ । चालू आवको सुरुदेखि नै देखिएको तरलता अभाव कम हुने अपेक्षा अवको महिना गर्न थालिएको पनि छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार