26.1 C
Kathmandu

महानगरको फोहोरलाई मोहोर बनाउने अभियान सुरु, दुर्गन्ध हटाउन प्रविधि र आधुनिक विधिबाट अध्ययन

काठमाडौं । काठमाडौं महानगरले फालेको फोहोरलाई मोहोर बनाउने अभियान सुरु हुने भएको छ । यसका लागि पहिलो चरणमा दुर्गन्ध हटाउन प्रविधि र आधुनिक विधिको प्रयोगबारे नास्टले अध्ययन सुरु गरेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) एक विज्ञ टोलीले मंगलबार नुवाकोटको सिसडोल पुगेर फोहोरबाट निस्कने दूषित पानी (ल्रिच्चड)को अध्ययन गरेको छ ।

टोलीले लिच्चड मिसिएर भएको प्रदुषणको अध्ययन गरेको छ । फोहोरबाट गन्ध कम गर्ने विषयमा पनि अध्ययन गरेको हो । नास्टका डा.रविन्द्र ढकाल, डा. टिस्टा प्रसाई, डा. सौरभ भट्टराईसहितको एक टोलीले यसको अध्ययन गरेको हो ।

लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलनसमेत गरेको अध्ययन गरेको काठमाडौं महानगरपालिकाको वातावरण विभागले जानकारी दिएको छ ।

सिस्डोलबाट संकलित तिनवटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको छ । यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ । विज्ञटोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ ।

पानी तथा लिच्चडको पुर्ण रिपोर्ट आगामी केहिदिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्ने छ । नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिनेछ ।

टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने विधि निर्क्यौल गरेको छ । यसका लागि प्रारम्भिक कामहरु ३ दिन भित्र नै सुरु गर्ने गरि तयारी भइरहेको छ ।

महानगरको फोहोर सिसडोलमा वर्षोदेखि फ्याकिँदै आएको छ । फोहोरबाट दुर्गन्घ फैलिएको र स्थानीयवासीलाई असर गरेको विषयमा पटक पटक बहस पनि हुँदै आएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आएपछि उनको पहिलो अभियान नै फोहोरको व्यवस्थापन र दुर्गन्धरहति छ । महानगरको फाहोर व्यवस्थित गर्न र प्रभावित क्षेत्रका वासिन्दालाई चित्त बुझाएर काम गर्नु मेयर साहको लागि प्रतिष्ठको विषय भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार