23.1 C
Kathmandu

यतीको जहाज दुर्घटना, कोपाइलको कमाण्ड क्याप्टेनलाई हस्तान्तरणसँगै जहाज स्थिर नहुँदा ढुंगाझै बजारियोः प्रतिवेदन

काठमाडौं । यती एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत माघ १ गते अवतरणका भएको दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वनिक भएको छ ।

जहाज दुर्घटना जाँचबुझ आयोगले १ महिनाभित्र अन्तर्राष्ट्रिय नागरिक उड्ठयन संघठन (आइकाओ)लाई प्रारम्भिक प्रतिवेदन बुझाउनुपर्ने भएको उक्त प्रतिवेदन सार्वजनिक भएको हो ।

यती एयरलाइन्सको एटीआर ७२ नामक ७२ सिट क्षमताको जहाज दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन भएको थियो ।

उक्त दुर्घटना जाँच आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवे अनुसार विमानको ’कमान्ड’ परिवर्तन भएको, त्यतिबेला जहाज धानमार्ग नजिक पुगिसकेकोले स्थिर हुन नसक्दा विमान ढुंगाझै सोझै बजारिएको प्रतिबेदनले औलाएको छ ।

जहाज स्थिर हुन नसक्दा र लोड भएको जहाज डिस्ब्यालेन्स भएको हुँदा यस्तो भयानक दुर्घटना हुन पुगेको प्रारम्भिक निष्कर्ष छानविन समितिको छ ।

उडिरहेको जहाज तीब्र गतिमा हुने हुँदा सानो झँगेरा ढोकिदा पनि २० किलोको धनले हानेझै प्रेसर पर्ने भएकोले जहाज प्वाल पर्ने, कुच्चने हुन्छ । यस्तै स्थिर हुन नसक्दा पनि ढुंगाझै भरेको प्रतिवेदनले औल्याएको छ ।

प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सीट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेकी थिइन् । प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ को–पाइलटको सिटमा बसेका थिए ।

जहाजमा खतराको संकेत प्राप्त भएपछि १०ः५७ः१८ बजे विमानको नियन्त्रण खतिवडाले केसीलाई सुम्पेकी थिइन । त्यसक्रममा खतिवडाले इञ्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा उल्लेख छ ।

यति बेला जहाज अटो पाइलटबाट म्यानुअलमा लगिएको थियो । त्यति नै बेला दुबै इन्जिनले काम नगरेको पनि प्रतिवेदनमा उल्लेख छ । सो दुर्घटनामा चालक दलका ४ सदस्यसहित ७२ जनाको ज्यान गुमाएका थिए । यो दुर्घटना आन्तरिक हवाई उडानमा सबैभन्दा ठूलो हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार