29.1 C
Kathmandu

प्रदूषण पास नभएका सवारी चलाउनेलाई १ लाख जरीवाना हुने, पुसदेखि सडकमा अनुगमन हुने

काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सवारी साधनबाट निस्केको धुवाँले वायु प्रदूषण बढाएको भन्दै जाँचपास नगर्नेमाथी कडा जरीवाना गर्ने भएको छ । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो ।

सवारी साधनलाई मर्मत गरी दुरूस्त राख्न पनि विभागले भनेको छ। पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रूपैयाँसम्म जरिवाना हुने विभागले चेतावनी दिएको छ।

विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो ।काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रेकोले वातावरण परिक्षण पास भएका सवारी मात्र चलाइन पाइने विभागको भनाइ छ ।

विभागले वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको विभागको दाबी छ। साथै खुला रूपमा फोहोर जलाउँदा पनि धुवाँ निस्केको र त्यसले प्रदूषण बढाएको उल्लेख गरेको छ ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन भइरहेका सवारी साधनमध्ये धेरैमा धुवाँ निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएको विभागले बताएको छ।

सवारी साधन परीक्षण गर्न पनि विभागले आग्रह गरेको छ। छड्के रूपमा सवारी साधनको धुवाँ निस्कासनको अवस्था परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेको पाइएको विभागको भनाइ छ। जुनसुकै बेला वातावरण विभागबाट सवारी साधनमा छड्के जाँच हुन सक्ने विभागले बताएको छ।

यस्तो छ वातावरण विभागको सूचना

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार