23.1 C
Kathmandu

शेयर कारोबार नरोक्ने व्यवस्थासहित मर्जर नियावली संशोधन, शेयर कारोबार यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा एक्विजिशन सम्बन्धी विनियमावली संशोधन गरेको छ । राष्ट्र बैंकले बिहिबार उक्त विनियमावली २०७३ (चौथो संशोधन २०७५)लाई संशोधन गरेको हो ।

बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने (मर्जर) तथा एक्विजिशन सम्बन्धी विनियमावली २०७३ (पाँचौ संशोधन २०७९) जारी गरिएको हुँदा सोही बमोजिम गर्न गराउन राष्ट्र बैंकले भनेको छ ।

नयाँ व्यवस्था अनुसार मर्जर तथा प्राप्तिका लागि शेयर कारोबारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुने भएको छ ।

यो नियमावलीपछि अब बैंक तथा वित्तीय संस्थाको मर्जरसम्झौतापछि नेप्सेमा कारोबार नरोकिने भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार