26.1 C
Kathmandu

चुनावी आचारसंहिता विपरित लाइसेन्स बाँड्दै धितोपत्र बोर्ड र बीमा समिति, आयोगले सोध्यो स्पष्टिकरण

काठमाडौं । चुनावको मुखमा आचारसंहिता विपरित नेपाल धितोपत्र बोर्ड र बीमा समितिले लाइसेन्स बाड्न थालेका छन् । यस्तो काम आचार संहिता विपरित रहेको भन्दै निर्वाचन आयोगले ति दुई निकायको तालुक अर्थ मन्त्रालयलाई स्पष्टिकरण सोधेको छ ।

निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग लाइसेन्स वितरणको विषयमा स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता लागेको समयमा नेपाल धितोपत्र बोर्ड र बीमा समितिले विभिन्न लाइसेन्स वितरण गर्न लागेको भन्दै आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधेको हो ।

नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज, सेयर ब्रोकर , कमोडिटी एक्सचेञ्ज, ब्रोकर शाखा, विशिष्टीकृत लगानी कोष व्यवस्थापक, क्रेडिट रेटिङ कम्पनी लगायतको लाइसेन्स दिन लागेको र बीमा समितिले लघु बीमाको लाइसेन्स वितरण गर्न लागेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले आयोगमा उजुरी गरेको थियो ।

उक्त उजुरीका आधारमा आयोगले शुक्रबार अर्थ मन्त्रालयसँग स्पष्टीकरण सोधेको हो । आयोगले अर्थ मन्त्रालयलाई पठाएको पत्रमा ‘निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रक्रिया अगाडी बढेको छ, छैन रु’ स्पष्ट पार्न भनेको छ ।

आयोगले अर्थ मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘लाइसेन्स वितरण प्रक्रिया अगाडी बढेको भए निर्वाचन आचार संहिता विपरितको उक्त कार्य किन रोक्नु नपर्ने हो रु पत्र प्राप्त भएको मितिले ३ दिन भित्र स्पष्ट जवाफ पेश गर्नु होला ।’

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ मा बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था छ ।

आयोगले असोज १२ गते देखि निर्वाचन आचारसंहिता लागु गरेको छ । नेपाल धितोपत्र बोर्डले गत असोज २ गते स्टक ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण गर्न सूचना प्रकाशित गरेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार