26.1 C
Kathmandu

दशैंलाई धमाधम नयाँ नोट, एउटा नोट छाप्दा कति लाग्छ खर्च (हेर्नुस्, सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ असोज (आइतबार)देखि बैंक तथा वित्तीय संस्थामार्फत धमाधम नयाँ नोट सटही गरिरहेको छ ।

नयाँ नोट छाप्दा खर्चालु हुने भएपनि सफा नोट नीतिका कारण वर्षेनी दशैंको बेला १० देखि १५ अर्ब रुपैयाँसम्म नयाँ नोट बजारमा जाने गरेको छ । बजारमा गएका यस्तो नयाँ नोट छाप्दा वर्षमा करिब सवा अर्व खर्च हुन्छ ।

राष्ट्र बैंकले पछिल्लो तीन वर्षमा बजारमा पठाएको ५ देखि १००० सम्मका नोटमा भएको छपाई खर्च ३ अर्ब ४५ करोड रुपैयाँ भएको छ । नोट छपाई बर्सेनि नहुन भन्दै ३ वर्षमा भएको खर्चलाई आधार बनाएर केन्द्रीय बैंकले यस्तो तथ्यांक उपलब्ध गराएको छ ।

नयाँ नोट एउटाको छपाइमै १ रुपैयाँ ४० पैसादेखि ४ रुपैयाँ ७८ पैसासम्म खर्च हुन्छ । राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउने माध्यम दशैंको समय उपयुक्त हो भने पुरानो नोट बजारबाट खिच्ने उपयुक्त अवसर पनि हो ।

नोटको आयु २ देखि ३ वर्षसम्म मात्रै हुने भएकाले बजारबाट पुराना तथा झुत्रा नोट ल्याएर नयाँ पठाउने गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पुराना र चलनचल्तीमा आउन नसक्ने नोटलाई जलाउने गरेको पनि राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।
नेपाल राष्ट्र बैंकका अनुसार नयाँ नोट छाप्दा ५ को १.६८ पैसा, १० को १.४० पैसा, २० को १.७३ पैसा, ५० को २.६७ पैसा, १०० को २.९९ पैसा, ५०० को ४.६८ पैसा र १००० दरका नोट छाप्दा ३.३७ पैसा खर्च हुने गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार