24.1 C
Kathmandu

६३ अर्बले निक्षेप घट्नु र कर्जा ठप्प हुनुले बैंकहरूमा चरम तरलता अभावको संकेत

काठमाडौं । बैैंकहरूमा चरम तरलता अभावको संकेत देखिएको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको पहिलो साता नै निक्षेप अस्वभाविक घटेको छ ।
बैंकिङ प्रणालीबाट एकै सतामा ६३ अर्बले निक्षेप घटेको छ । यो अवभिमा कर्जा प्रवाह पनि ठप्प हुनुले बैंकहरूमा चरम तरलता अभावको संकेत देखिएको हो ।

बैंकर्स संघ नेपालले सार्वजनिक गरेको ६ साउनसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूमा असार मसान्तको तुलनामा ६ साउनसम्ममा निक्षेप घटेको देखिएको छ ।

यो अवधिमा बैैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्बबाट घटेर ४४ खर्ब ७८ अर्बमा झरेको छ । यो अवधिमा बैंकिङ प्रणालीबाट कर्जा प्रवाह भने १० अर्ब रुपैयाँले घटेको छ ।
४१ खर्ब ७५ अर्ब पुगेको कर्जा लगानी साउन पहिलो साता घटेर ४१ खर्ब ६५ अर्बमा झरेको छ ।

बैैंकहरूले मौद्रिक नीति पर्खिएर लगानी विस्तार नगरेको समयमा १० अर्ब रुपैयाँ बजारबाट उठेका कारण कर्जा लगानी घटेको देखिएको हो ।

यो अवधिमा बैंकहरूमा निक्षेप संकलन पनि घटेका कारण बैंकहरूमा तरलता अभाव कायमै रहेको तथ्यांकले देखाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार