24.1 C
Kathmandu

वायुसेवा निगमका अध्यक्ष नियमित काममा फर्कने, अदालतले दियो काम गर्न पाउने अधिकारी

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई नियमित काम गर्न पाउने भएका छन् । सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अधिकारीलाई पदबाट नहटाउन र नियमित काममा फर्कन दिन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार २८ गते अर्को पेसी तोक्दै त्यतिन्जेलसम्म अधिकारीलाई काम गर्न दिनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अधिकारीलाई निवर्तमान पर्यटन मन्त्री प्रेमबहादुर आलेसँगको विवादका कारण सरकारले निलम्बन गरेको थियो । सरकारको निलम्बनको निर्णयविरुद्ध अधिकारी अदालत गएका थिए ।

सरकारले अधिकारीलाई ६ असारमा निलम्बन गरेको थियो । कार्यकारी अध्यक्षको जिम्मेवारीमा रहेका अधिकारीलाई हटाएर निगमका बरिष्ठ क्यप्टेन दीपुराज ज्वारचनलाई ९ असारदेखि अस्थायी महाप्रवन्धक बनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार