29.1 C
Kathmandu

दोहोरो लगानी भएका बीमा कम्पनी मर्जरमा जानैपर्ने, मर्जरमा नगर नियामकले कारवाही गर्ने

काठमाडौं । दोहोरो लगानी (क्रस होल्डिङ) भएका बीमा कम्पनीबीच एक आपसमा गाभिने (मर्जर) हुनै पर्ने भएको छ । बीमा समितिले दोहोरो लगानी भएका बीमा कम्पनीबीच मर्जर नभएर कारवाही गर्ने गरी दबाब दिन थालेको छ ।

बीमा समितिले सम्बन्धित कम्पनीहरूमा भएको क्रस होल्डिङको अध्ययनमा गरेरै अनिवार्य मर्जरमा जानुपर्ने व्यवस्था गरेको हो । बीमा समितिले आफूसँग दोहोरो लगानी भएका कम्पनीको विवरण भएकोले मर्जरमा नगए दबाब दिएरै भएपनि पठाउने संकेत पनि गरिसकेको छ ।

लामो समयदेखि कम्पनीहरूमा रहेको क्रस होल्डिङको तथ्यांक अध्ययन गरिरहेको समितिले बल्ल क्रस होल्डिङ भएका कम्पनीहरूको नाम सार्वजनिक पनि गरिदिएको छ ।

कुन कम्पनीमा कस्को लगानी ?

समितिकाअनुसार विशाल ग्रुपले एलआइसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स र सूर्या लाइफका लगानी गरेको छ । एलआइसी नेपालमा विशाल ग्रुपको २५ प्रतिशत, नेपाल लाइफमा १४ प्रतिशत र सूर्या लाइफमा ३० प्रतिशत लगानी छ ।

कुमारी बैंकले लुम्बिनी जनरल, जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आईएमई जनरल इनस्योरेन्समा लगानी छ ।.
अजोड इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्समा एउटै लगानीकर्ता छन् ।

अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, रिलायल नेपाल लाइफ र आइएमई लाइफमा सेन्चुरी बैंक र ग्लोबल आईएमई बैंकको लगानी छ ।

शिखर र यूनाइटेड इन्स्योरेन्समा शशिकान्त अग्रवाल र उनका परिवारको, गुराँस, लुम्बिनी जनरल, सगरमथा इन्स्योरेन्स र सानिमा लाइफमा सन राइज बैंकको लगानी रहेको समितिले जनाएको छ ।

एभरेष्ट इन्स्योरेन्समा लक्ष्मी बैंक, प्राइम लाइफ, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र प्रभु लाइफमा यूनाइटेड डिष्ट्रिव्युटरको लगानी छ । प्रभु इन्स्योरेन्समा प्रभु ग्रुपको लगानी छ । नेपाल इन्स्योरेन्स र आईएमई जनरलको लगानी छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार