24.1 C
Kathmandu

७ अर्ब निक्षेप बढ्दा कर्जा प्रवाह भने २ अर्बले घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुमा जेठ तेस्रो साता ७ अर्ब रुपैयाँले निक्षेप बढ्दा कर्जा प्रवाह भने २ अर्ब रुपैयाँ घटेको छ । वाणिज्य बैंकहरुमा जेठ लागेसँगै निक्षेप बढ्न थालेको देखिएको भएपनि पछिल्लो एक सातामा कर्जा प्रवाह भने घटेको छ ।

१३ जेठदेखि २० जेठसम्मको अवधिमा वाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप बढाउँदा कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले घटेको छ । वाणिज्य बैंकहरुले यो अवधिमा ४३ खर्ब ८३ अर्बबाट निक्षेप बढाएर ४३ खर्ब ९० अर्ब रुपैयाँ पुर्याएका छन् ।

यो अवधिमा प्रवाह भएको कर्जा भने ४१ खर्ब ९८ अर्ब रूपैयाँबाट ४१ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको वाणिज्य बैंकहरुको छाता संस्था बैंकर्स एशोसिएसन अफ नेपालले मंगलवार जारी गरेको एक तथ्यांकमा उल्लेख छ

वैशाख मसान्तमा वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा जेठ २० सम्ममा ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा ४१ खर्ब ९० अर्ब रूपैयाँबाट ४१ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार