23.1 C
Kathmandu

राहुघाट र तामाकोशी पाचौं बनाउन २६ अर्बको लगानी स्वीकृति, जीएमआरको म्याद थपियो

काठमाडौं । लगनी बोर्डले राहुघाट र तामाकोशी पाँचो बनाउन करिब २६ अर्ब रुपैयाँको लगानी स्वीकृति गरेको छ । प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष शेरबहादुर देउवाको उपस्थितिमा सोमबार बसेको लगानी बोर्डको ५१ औं बैठकले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न २५ अर्ब ९२ करोड रुपैयाँको लगानी स्वीकृति गरेको हो ।

बोर्ड बैठकले दोलखामा ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौ जलविद्युत आयोजना बनाउन १६ अर्ब ४५ करोड ९८ लाख र म्याग्दीमा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना बनाउन ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँको लगानी स्वीकृति गरेको हो ।

बोर्ड बैठकले पश्चिम सेती र सेती नदी –६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्ने गठन भएको अध्ययन समितिले पेश गरेको सिफारिस सहितको प्रतिवेदन आवश्यकता अनुसार कार्यान्वयन गर्दै जाने निर्णय गरेको छ । यो प्रतिवेदन भारतको एनएचपीसी लिमिटेड र गभर्मेन्ट अफ इन्डिया इन्टरप्राइजले तयार पारेको हो ।

यसले दिएको उक्त प्रतिवेदन दुईपक्षिय वार्ताद्वारा कार्यान्वयनका गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको हो ।

लगानी बोर्डको बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विकासकर्ता कम्पनी जीएमआरको म्याद थप्न सरकारलाई सिफारिश गरेको छ । जिएमआर—अपर तामाकोशी हाइड्रोपावर कम्पनीले २४ महिना भित्रमा वित्तीय व्यवस्थापन सम्पन्न गर्ने शर्त सहित म्याद थप गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ ।

बैठकले भेइकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्बल्ली प्लान्ट परियोजनाको विकासका लागि प्रस्तावक मोट्रेक्स कम्पनी लिमिटेडसंग वार्ता प्रकृया सुचारु गर्ने निर्णय गरेको छ ।

बैठकमा सम्माननीय प्रधानमन्त्री देउवाले जलविद्युत क्षेत्रमा जलाशययुक्त परियोजना विकासमा जोड दिनुका साथै परियोजना विकास तथा संचालन गर्दा नेपालले गरेका अन्तराष्ट्रिय प्रतिवद्धता अनुरुप वातावरणमैत्री प्रविधिहरुको अबलम्बन गर्न निर्देशन दिए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार