26.1 C
Kathmandu

संसद बैठकमा आजबाट बजेटमा मन्त्रालयगत छलफल, १५ असारभित्र पास गर्ने तयारी

काठमाडौं । संसदको आजको बैठकमा बजेटमा मन्त्रालयगत छलफल सुरु हुने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि संसको बैठकमा मन्त्रालयगत छलफल सुरु हुने भएको छ ।

बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको संसद सचिवायले जारी गरेको संसद बैठकको कार्यसूचीमा उल्लेख छ ।

मन्त्रालयगत शीर्षकमा छलफलका लागि बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक तय भएको छ । बैठकले मन्त्रालय बजेटमा बृहत छलफल गर्ने छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार