24.1 C
Kathmandu

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ / नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीले पक्राउ गरेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितहरूको बयानका आधारमा खाँणलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । प्रहरीले बुधबार खाँडलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । प्रहरीले खाँडसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई समेत पक्राउ गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार