29.1 C
Kathmandu

बुद्ध एयरका सञ्चालक बस्नेतदाजुभाईवीच सम्पती विबादः दाजुले आर्थिक घोटाला गरेको भाइको आरोप

काठमाडौं / बुद्ध एयरका सञ्चालक विरेन्द्र बहादुर बस्नेतलाई उनकै भाइ शिवेन्द्रबहादुर बस्नेतले कम्पनीमा आर्थिक घोटाला गरेको आरोप लगाएका छन् ।

भाई शिवेन्द्रबहादुरले बुद्ध एयरमा आफनो ४० प्रतिशत सेयरको हिस्सेदार रहेका बताउँदै दाजु विरेन्द्रले कम्पनीको हिसाबकिताब नदेखाएको र कार्यालयमा प्रवेश समेत गर्न नदिएको आरोप लगाएका छन् ।

शिवेन्द्रले कम्पनीसँग रहेका नौ वटा वीच एअरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै समन्वय र सहमती नगरिएकोले आर्थिक घोटाला भएको बताएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै ४० प्रतिशत सेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानून बमोजिम लिखित रुपमा सम्बन्धित कागजात माग्ने काम गरेको तर आफनो माग अनुसार कम्पनीबाट कुनै आधिकारिक हिसाब किताब नदिइएको भन्दै रोस व्यक्त गरेका छन् । आफूले कम्पनीको हिसावकिताब माग्न थालेपछि विभिन्न बहानामा ४० प्रतिशतको हिस्सेदारमाथी नै विभिन्न आरोप लगाएको बताउँदै उनले ४० प्रतिशतको हिस्सेदारको अख्तियारप्राप्त व्यक्तिलाई कम्पनीको कार्यालयमा समेत जान नदिइएको बताएका छन् ।

लामो समयदेखि अमेरिका बस्दै आएका शिवेन्द्र पेशाले पाइलट हुन् । बुद्ध एयरमा बुबा सुरेन्द्र बहादुर बस्नेतको ८० प्रतिशत र वीरेन्द्र बहादुर बस्नेतको २० प्रतिशत सेयर स्वामित्व रहेको थियो । बुबाले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर मध्ये ४० प्रतिशत वीरेन्द्रसहित उनको परिवारका सदस्यको नाममा र बाँकी ४० प्रतिशत सेयर शिवेन्द्रका परिवारका सदस्यको नाममा गरिदिएका थिए ।

बाबुको शेयर स्वामित्व बाँडफाँडपछि बुद्ध एयरमा वीरेन्द्र बहादुर बस्नेतको नाममा ६० प्रतिशत र शिवेन्द्र परिवारका सदस्यका नाममा ४० प्रतिशत सेयर स्वामित्व रहेको बताइएको छ ।

शिवेन्द्रले कम्पनीसँग रहेका नौ वटा वीच एअरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै समन्वय र सहमती नगरिएकोले आर्थिक घोटाला भएको बताएका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार