26.1 C
Kathmandu

काठमाडौँको बौद्धमा ढिंडोको विशेष परिकार पाइने फोल्तोङ रेस्टुरेन्ट सञ्चालनमा 

काठमाडौँ । नेपाली र चाइनिज खानाको परिकार उपलब्ध गराउने उद्देश्यले काठमाडौँको बौद्धमा फोल्तोङ नेपाली स्ट्रिट फुड रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । बौद्धस्थित शेर्पा गुम्बासँगै रहेको यो रेस्टुरेन्टको एक कार्यक्रमबीच वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले शुभारम्भ गरेका थिए । 

व्यवसायी दावा डुक्पा लामा र डिकी लामाले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यो रेस्टुरेन्टमा नेपाली र चाइनिज खानाको परिकार उपलब्ध हुने बताइएको छ ।  फोल्तोङको अर्थ ढिंडो हो, यहाँ ढिंडोको विशेष परिकार उपलब्ध हुने सञ्चालक डिकी लामाले बताइन । 

दावा डुक्पा लामा डेढ दशक भन्दा लामो समय भारतस्थित आईटीसी सेराटन होटलमा प्यानेसेन सेफको रुपमा कार्यरत थिए । आफ्नै देशमा व्यवसायमार्फत नेपाली र चाइनिज खानाको प्रवर्द्धन गर्ने उद्देश्यले यो व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए । 

उक्त अवसरमा वरिष्ठ गायक एवं संगीतकार कर्म बोम्जनले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै स्वस्थकर र विशिष्ट स्वाद सहितको भोजनको व्यवस्था रहेको भन्दै रेस्टुरेन्टको तारिफ गरेका थिए । 

कार्यक्रममा वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ, वरिष्ठ गायक प्रेम लोप्चन, गायक एवं गीतकार जीवन बोम्जन, वरिष्ठ गायक अमृत लामा, गायक बैरागी मोक्तान, गायिका सुस्मिता स्याङ्तान लगायतका कलाकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित थियो । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार