23.1 C
Kathmandu

ग्रेटर नेपाल साप्ताहिकको ११ औं वार्षिकोत्सव सम्पन्न 

काठमाडौं । ग्रेटर नेपाल साप्ताहिकको ११ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थापक सम्पादक सुरेन्द्र ढकालले मुलुकको सार्वभौमसत्ता र स्वाधीनताको सवालमा आवाज उठाउने उद्देश्यले पत्रिकाको सुरुवात गरेको बताए । 

कार्यक्रममा बोल्दै संस्थापक सम्पादक ढकालले नेपालको अस्तित्वमाथि धावा बोल्ने कसैलाई पनि नछाडिने बताउँदै विशाल नेपाल अभियानको थालनी भएको बताए । उनले भने, हामीले भारतीय पक्षबाट बारम्बार नेपालको सिमाना र सार्वभौमसत्तामाथि भइरहेको हस्तक्षेपको विरोध गरिरहेका छौं । आवश्यक पर्यो भने हामी हतियार उठाउन पनि तयार छौं । हामीहरूकै पहलले अहिले ग्रेटर नेपालको मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेको छ । ग्रेटर नेपाल नहुँदासम्म हाम्रो आवाज र अभियान जारी रहन्छ । 

कार्यक्रममा सुरेन्द्र ढकाल प्रतिष्ठानसँग आबद्ध विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, विशाल नेपाल अभियानमा संलग्न अभियन्ताहरूको उपस्थिति थियो । उक्त अवसरमा कार्यक्रममा आयोजक संस्थाले सामना फिल्म प्रा. ली. द्वारा निर्मित काँडेतार चलचित्रका निर्देशक र नायक नबल खड्कालाई  एक लाख पचास हजार राशि सहित सम्मान प्रदान गरिएको थियो । 

कार्यक्रममा बोल्दै विभिन्न वक्ता तथा विशाल नेपाल महाअभियानका अभियन्ताहरूले ग्रेटर नेपालको माग पुरा नभएसम्म यो अभियान जारी रहने भन्दै ग्रेटर नेपालका लागि शुभकामना दिएका थिए । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार