23.1 C
Kathmandu

रेमिट्यान्स आप्रवाह बढ्यो, ७ महिनामा भित्रियो साँढे ८ खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकभित्र ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकको यो तथ्यांक अनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । अघिल्लो आर्थिक वर्षमा औसतमा १०१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आव को सोही अवधिमा ६ अर्ब ८९ अर्ब रेमिटेन्स भित्रिएको थियो ।

यस वर्ष रेमिट्यान्स आप्रवाहको वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा खुम्चिएको पाइएको छ । अघिल्लो वर्ष माघ महिनामा २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा समेत रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह १६.४ प्रतिशत थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार