26.1 C
Kathmandu

गगन थापाले संसदमा उठाए शेयर बजार पीडितको आवाज,अव बजारमा कस्तो असर पर्ला ?

काठमाडौं । गगन थापाले संसदमा शेयर बजारबाट पीडित लगानीकताएको आवाज उठाएका छन् । उनले केन्द्रीय बैंकको अदूरदर्शी नीतिले बजार निरन्तर घटेको बताए । यसका लागि नियामक निकायले सहयोग र सहजीकरण गर्नुपर्ने बताए ।

शेयर बजार पछिल्लो ९ महिनामा १२३३ अंकले घटेको छ । गत भदौ पहिलो साता करीब ३२ सय विन्दूमा पुगेको नेप्से परिसूचक बुधवार १९६६.३७ विन्दूमा झरेको छ ।

शेयर बजार निरन्तर घटिरहेका कारण लगानीकर्ता आत्तिदा बजार नकारात्मक गतिमा लागेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिका कारण घटेको शेयर बजार फेरि आगामी वर्षको लागि नयाँ नीतिको तयारी भइरहदा र उक्त नीतिले विगतको कमजोरी सुधार गर्न सक्ने आँकलन हुँदासमेत बजारको ओरालो गति भने रोकिएको छैन् ।

बुधवार शेयर बजार १.५० प्रतिशतले घटेर १९६६.३७ विन्दूमा आइपुगेको छ । बुधवार एकैदिन बजार २९.८९ अंकले घटेको छ । बुधवार २२९ कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयरको ३० हजार पटक कारोवार भएको छ । यसबाट १ खर्ब ४९ करोड रुपैयाँको कारोवार भएको छ ।

बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाइसीएल लघुवित्त छन् । यी दुबै कम्पनीको शेयर मूल्य बुधवार ९.९९ प्रतिशतले बढेको छ । शेयर बजार घटेका कारण सबैभन्दा बढी गुमाउनेमा भने बलेफि हाइड्रोपावर छ । यो कम्पनीका लगानीकर्ताले एकैदिन ८.७६ प्रतिशतले गुमाएका छन् ।

यसका साथै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ८.२६ प्रतिशतले, माउन्टेन हाइड्रोसहितका लगानीकर्ताले लगानीकर्ताले ५.८९ प्रतिशत सम्मले गुमाएका छन् । आज बसैभन्दा बढी कारोवार हुनेमा नेपाल टेलिकमको १२ करोड ५७ लाख रुपैयाँको १ लाख ४६ हजार कित्ता शेयरको कारोवार भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार