23.1 C
Kathmandu

नीति तथा कार्यक्रमले माग सम्बोधन भएको छ, अब सोही अनुसार बजेट विनियोज होस् – निजी क्षेत्र

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सन्तुलित आएको निजी क्षेत्रले प्रतिकृया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको नीति तथा कार्यक्रम सन्तुलित भएको बताएका छन् ।

गोल्छाले भने ‘निजी क्षेत्रले दिएका सुझाव बजेटमा समावेश हुने संकेत यस पटकको नीति तथा कार्यक्रमले गरेको छ । निजी क्षेत्रको महत्वलाई बढावा दिने गरी नीति तथा कार्यक्रम आएको छ ।’ कार्यक्रमले पूर्वाधार विकास र कृषिलाई प्राथमिकता दिएको छ भने उद्यमशीलता र उद्योग क्षेत्र विस्तारका लागि पनि सहज हुने संकते देखाएको गोल्छाले बताएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पनि सरकारले ल्याएका नीति तथा कार्यक्रम स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने र उत्पादनलाई संरक्षण गर्ने गरी आएको बताएका छन् । अग्रवालले सरकारले ल्याएको कार्यक्रको सकारात्मक पक्षबाट हेर्ने हो भने नीजि क्षेत्र मैत्री नै रहेको छ ।

अग्रवाले भने ‘स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने कार्यक्रम परिसंघको माग गरे अनुसार नै आएको हो । उद्योगमा जग्गाको हदबन्दी नलाग्ने विषय पटक पटक नीजि क्षेत्रले उठाउँदै आएको विषयालई सरकारले समेटेको छ ।’ उनले भने ‘परिसंघले अगाडि सारेको ‘मेक इन नेपाल, मेड इन नेपालसहितको स्वदेशी अभियान’ लाई सहयोग गर्ने गरी नीति तथा कार्यक्रम आउनु हामी निजी क्षेत्रको लागि उत्साहप्रद हो ।’

सरकारको नीति तथा कार्यक्रममार्फत् आगामी दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा अघि बढाउने घोषणा हुनु विशेष स्वागतयोग्य भएको नेपाल उद्योग परिसंघले बताएको छ ।

अघि बढाएको स्वदेशी वस्तु उत्पादन र उपभोग वृद्धि गर्ने दशक घोषणा गर्ने र परिसंघ र नेपाल सरकारको सहकार्यक्रमा अघि बढिरहेको मेक इन नेपाल- स्वदेशी अभियान कार्यान्वयनमा सहयोग गर्ने घोषणा गरेमा परिसंघले सरकारलाई धन्यावाद पनि दिएको छ । सरकारले ल्याएको यही नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन गर्न पनि निजी क्षेत्रले माग गरेको छ ।

नेपाल चेम्बर अफ कमर्शले पनि निजी क्षेत्रले उठाएको मागलाई सम्बोधन गर्ने प्रयास गरेकोको बताएको छ । कृषि, उत्पादनमूलक उद्योग, स्वादेशी उत्पादनलाई जोड दिनु नीति तथा कार्यक्रमको सकारात्मक पक्ष भएकोले पनि अब यसलाई कार्यान्वयन गर्न सकिने गरी बजेट दिए पुग्ने बुझाइ चेम्बरको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार