23.1 C
Kathmandu

१७ खर्बको ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक, देशको विकास गर्ने खर्च ३ खर्ब ८० अर्ब मात्रै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यो बजेट गत वर्षको भन्दा १ खर्ब ६१ अर्ब रुपैयाँले बढी हो । गत वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार कुल विनियोजनमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रहेको छ । यो रकम कुल बजेटको ४२ प्रतिशत हो ।

यो वर्षको पुँजीगत खर्च भने ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ रहेको छ । यो बजेट कुल विनियोजित बजेटको २१.२ प्रतिशत हो । यही रकम आगामी आवको एक वर्षको देश विकास गर्ने रकम पनि हो ।

यो बजेटमा वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत विनियोजन भएको छ । त्यसैगरी, प्रदेश तथा स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोततर्फ राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुने छ । न्यून हुने बजेट सरकारले वैदेशिक ऋण तथा आन्तरिक ऋणबाट पूर्ति गर्ने भएको छ ।

उक्त न्यून हुने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने र राजश्व परिचालन, वैदेशिक अनुदान र ऋण परिचालन गर्दा नपुग हुने २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट जुटाइने पनि उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई दिने अनुदानका लागि ४ खर्ब २९ अर्ब ८३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगमी आर्थिक वर्षको बजेटमा कुल बजेटको २४ प्रतिशत बजेट प्रदेश र स्थानीय तहको लागि विनियोजन गरेको बताएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार