29.1 C
Kathmandu

पोखरामा आन्तरिक पर्यटकलाई ३० प्रतिशत छुट

कास्कि/ आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पश्चिमाञ्चल होटल संघले नयाँ वर्षको अवसर पारेर आन्तरिक पर्यटकलाई होटलका कोठामा ३० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । ‘जाउँ है पोखरा’ अभियान सार्वजनिक गर्दै संघले छुटले आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास गरेको छ ।

कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटन मार्फत पुनर्जागृत गर्ने विश्वासका साथ यस्तो अभियान थालिएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । आन्तरिक पर्यटककै कारण पर्यटन क्षेत्रले राहत महसुस गरेको भन्दै उनले विगतमा ५ प्रतिशत हाराहारीमा रहेको आन्तरिक पर्यटक आगमन अहिले पोखरामा ४० प्रतिशत पुगेको अध्यक्ष सुवेदीको भनाई थियो।

दुई दशक अघि द्वन्द्वकालमा सुरु गरिएको जाउँ है पोखरा अभियानले सकारात्मक प्रभाव पारेको जनाउँदै अभियानका संयोजक एवं संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले सधैं कोभिड १९ भनेर बस्नुभन्दा मारमा परेको पर्यटन व्यवसायलाई विस्तारै पुनर्जागृत गर्दै चलायमान बनाउने उद्देश्य अनुरुप आफूहरु प्रचारमा निस्किएको बताए। ‘विगतमा पनि छुट दिदैं आएका थियौं। सबै क्षेत्रले छुट दिएका छन। तर होटलले संस्थागत छुटको घोषणा गरेको हो,’ निवर्तमान अध्यक्ष तुलाचनले भने, ‘पर्यटन उत्थानको लागि छुट दिएका छौं। छुटले पर्यटक आगमनमा बढोत्तरी छ।’

पर्यटन प्रवद्र्धन गर्न होटल संघले बुटवल, हेटौडा चितवन र वीरगञ्जमा प्रवद्र्धन गरेर फर्किएको अध्यक्ष सुवेदीले बताए। ‘कोभिडले आक्रान्त बनाईएको पर्यटनलाई विभिन्न क्षेत्रले दिने छुटले प्रवद्र्धन हुने विश्वास छ,’ उनले भने, ‘नयाँ पूर्वाधार थपिएका छन्। होमस्टे छन्। जिल्ला तहमा पनि संरचना बनेका छन। थपिएको पूर्वाधारले पर्यटकलाई आकर्षण बनाएको छ।

‘आन्तरिक पर्यटक नै दिगो पर्यटन हो,’ उनले भने–‘जाँउ है अभियानले आन्तरिक पर्यटकलाई एक ठाँउबाट अर्को ठाँउ घुम्न जानुपर्छ भन्ने दिएका हौं।’ होटल संघले आगामी चैत २९ गतेदेखि बैशाख १ गतेसम्म फेवा नव वर्ष महोत्सव गर्ने तयारी गरेको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार