23.1 C
Kathmandu

नक्कली धितो ऋणमा छानविन पछि कुमारी बैंकका कामु सीईओ र डेपुटी सीईओ दुबै आउट

काठमाडौं । नक्कली धितोमा ऋणमा छानविन पछि कुमारी बैंकका कामु सीईओ र डेपुटी सीईओ दुबै आउट भएका छन् । बैंकले उक्त ऋण प्रकरण नभनेपछि छानविनको दायरामा दुबै व्यक्ति परेर बयान समेत दिएका थिए । उनीहरुको संलग्नता नभए पनि बैंको इमेजमा धक्का पुगेपनि बैंकले आकर्ष योजनासहति दुबैलाई आउट गरेको हो ।

बैकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिनाले राजीनामा दिएका छन् । दुबै जनाले बैंक सञ्चालक समितिसँग सल्लाह मै स्वेच्छिक अवकास लिएका हुन् ।

सञ्चालक समितिले केही दिन अघि स्वेच्छिक अवसका स्कीम (भीआरएस) अफर ल्याएको थियो । भीआरएसमा निकै राम्रो रकम आउने भएपछि दुबै जना बैंकबाट बाहिरिएका हुन् । कामु सीईओ तिमिल्सनाले स्कीम मन परेकाले बैंकबाट बिदा लिएको जानकारी दिए

कामु सीईओ र डेपुटी सीईओ दुबै जना बैंकबाट बाहिरिए पछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्बेवारी रामचन्द्र खनाललाई दिएको छ । यस अघि बैंकको चिफ अपरेटिङ अफिसर रहेका खनाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार