काठमाडौं । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी ‘क्लासिक टेक’ ले नेपालभरका विभिन्न शाखाहरूका लागि १०० भन्दा बढी नयाँ कर्मचारीहरूको माग गरेको छ। कम्पनीले आफ्नो सेवा विस्तार तथा ग्राहक सेवालाई अझ बढी प्रभावकारी र द्रुत बनाउने उद्देश्यले उक्त संख्यामा जनशक्ति आह्वान गरेको हो।
कम्पनीद्वारा जारी सूचनाअनुसार फाइबर इन्जिनियर, फाइबर लिडर तथा फिल्ड सपोर्ट लगायतका विभिन्न प्राविधिक तथा सेवामूलक पदहरूमा योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूबाट आवेदन माग गरिएको छ।
कर्मचारीहरूले मासिक ३०,००० रुपैयाँसम्मको आकर्षक तलब, थप आम्दानीका लागि ओभरटाइम सुविधा, कर्पोरेट प्रयोजनका लागि CUG सिम कार्ड, कार्यसम्पादनका आधारमा उच्च करिअर ग्रोथको अवसर, व्यावसायिक तालीम तथा सीप विकासका अवसरहरू र नेपालभरका विभिन्न स्थानमा रहेर कार्य गर्ने अवसर प्राप्त गर्नेछन्। यी सम्पूर्ण पदहरूको कार्यस्थान नेपालभर छरिएका क्लासिक टेकका विभिन्न शाखा कार्यालयहरू रहनेछन्।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले आफ्नो अद्यावधिक गरिएको बायोडाटा (CV) कम्पनीको आधिकारिक इमेल ठेगाना career@classic.com.np मा पठाउन सक्नेछन्। यसबाहेक, कम्पनीको आधिकारिक वेबसाइटमार्फत वा आफ्नो नजिकैको क्लासिक टेकको शाखा कार्यालयमा सम्पर्क गरेर पनि आवेदन दिन सकिनेछ। कम्पनीले योग्य तथा इच्छुक उम्मेदवारहरूलाई समयमै आवेदन दिन आग्रह गरेको छ।

