8.1 C
Kathmandu

ग्यासमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरे हदैसम्मको कानूनी कारबाही हुने

खाना पकाउने एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने डिपो तथा विक्रेताहरूमाथि सरकारले कडा कानूनी डण्डा चलाउने चेतावनी दिएको छ। पछिल्लो समय उपभोक्ताहरूले सहज रूपमा ग्यास नपाएको व्यापक गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सार्वजनिक सूचना जारी गर्दै कालोबजारी र अनुचित व्यापारिक धन्दामा संलग्न हुने जोकसैलाई कानून बमोजिम हदैसम्मको कडा कारबाही गरिने स्पष्ट पारेको हो।

बजारमा ग्यासको अभाव देखाएर विक्रेता तथा डिपोहरूले सर्वसाधारण उपभोक्तालाई रित्तो हात फर्काउने तर आफ्ना निकटवर्ती, होटल र ठूला व्यवसायीहरूलाई लुकाइछिपाइ बढी मूल्यमा ग्यास उपलब्ध गराउने गरेको गम्भीर उजुरी विभागमा परेको छ। सर्वसाधारणको भान्सा नै प्रभावित हुने गरी बजारमा सिर्जना गरिएको यस्तो गैरजिम्मेवार र गैरकानूनी गतिविधिलाई विभागले गम्भीरताका साथ लिँदै बजार नियन्त्रणमा ल्याउन तदारुकता देखाएको छ।

उपभोक्ता अधिकारको हनन र बजारको अवाञ्छित गतिविधि नियन्त्रण गर्न विभागका साथै अन्य अधिकारप्राप्त निकायहरूबाट बजारको निरन्तर र सूक्ष्म अनुगमन भइरहेको सूचनामा उल्लेख छ। अनुगमनका क्रममा ग्यास लुकाएको, तोकिएको दरभन्दा बढी मूल्य असुल गरेको वा कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठगेको पाइएमा सम्बन्धित फर्म वा विक्रेतालाई तत्कालै कानूनी दायरामा ल्याई कारबाही गरिने चेतावनी सरकारले दिएको छ।

थप समाचार

ताजा समाचार