26.1 C
Kathmandu

दरबार सङ्ग्रहालय सुन्दर र आर्कषक बनाउन मन्त्री आलेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय आर्कषक र सुन्दर बनाउन निर्देशन दिनु भएको छ । आज बिहिबार दरबार सङ्ग्रहालयको अनुगमन तथा निरीक्षणका लागि पुग्नु भएका मन्त्री आलेले पर्यटकहरु आर्कषित गराउन र दरबारको अस्तित्व जोगाइँ राख्नका लागि भएपनि सङ्ग्रहालय आर्कषक र सुन्दर बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणहिटी एक ऐतिहासिक दरबार हो, यस्को सुन्दरतामा कमी नहोस, बजेट आवश्यक परे माग्नुस् यसलाई सुन्दर अनि आर्कषक बनाउनुस् ।” आउँदो बजेटमा नारायणहिटी सङ्ग्रहालयभित्र भएका अधुरा काम सम्पन्न गरिने मन्त्री आलेले जानकारी दिनुभयो ।
उहाँले नारायणहिटी दरबार सङ्ग्रहालयमा अधुरा रहेका काम सम्पन्न गर्नका लागि छुट्टै डीपीआर बनाउन पनि निर्देशन दिनुभएको छ । सङ्ग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आउँदो आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उहाँले उल्लेख गर्नुभयो । निरीक्षण अनुगमनकै क्रममा मन्त्री आलेले दरबार सङ्ग्रहालयको अगाडीको घरको छना मर्मत, दरबारको रङरोगन, दरबार अगाडीको भ¥याङ् कालो भएकाले मर्मत गर्नु पर्ने, भित्रका सरसामानको सफाइ टालटुल र दीगो राख्न चर्मिकोलको प्रयोग गर्न, महेन्द्र मञ्जिल भवनको छानो प्वाल परि पानी चुहिने भएकाले तत्काल मर्मत निर्देशन दिनु भएको छ । सोही क्रममा मन्त्री आलेले सङ्ग्रहालयमा रहेका पुर्वराजा तथा बिदेशी पाहुँनाहरुका लागि प्रयोग भएका गाडीहरुलाई सरसफाइ, मर्मत तथा डेन्टीङ पेन्टीङगरी प्रदर्शनीका लागि राख्न निर्देशन दिनु भएको थियो । पुर्वराजा तथा बिदेशी पाहुँनाहरुका लागि प्रयोग भएका गाडीहरु अहिले दरबार सङ्ग्रहालयमा अल्पत्र अवस्थामा राखिएका छन् ।
निरीक्षणकै क्रममा मन्त्री आलेले बतास कम्पनीले निर्माण गरी भत्काएका संरचनाहरुले फोहर जम्मा भएको र उक्त फोहर तत्काल हटाउन लगाइ त्यहाँ हरियाली बगैचा निर्माण गर्न र पहिले जस्तो अवस्थामा थियो सोही अवस्थामा संरचना निर्माण गर्न समेत निर्देशन दिनु भएको छ । मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालय भवन तथा श्रीसदनको समेत अनुगमन निरीक्षण गर्नु भएको थियो । सोही क्रममा दरबार तथा सङ्ग्रहालयमा भएका बत्ति टुट फुट भएका देखि राजाले प्रयोग गरेका सोफा, कुर्सि, टेबल लगाएका बस्तुहरु च्यातिनुका साथै बिग्रीदै गएकाले तत्काल मर्मत गर्न तथा दरबार सङ्ग्रहालयमा पानीको फोहरा समेत निर्माण गर्न निर्देशन दिनु भएको थियो । यसैगरी मन्त्री आलेले दरबार सङ्ग्रहालयको जमिनमा निर्माण गरिएका संरचनाका विषयमा मन्त्रालयले १५ दिन पहिले कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी सकेकाले सम्बन्धित निकाएले कारवाही अघि बढाउन चाडो पहल गर्ने बिस्वास समेत व्यक्त गर्नुभयो । यसैगरी मन्त्रालयका सचिब तथा नारायणहिटी दरबार सङ्ग्रहालयका अध्यक्ष महेश्वर न्यौपानेले दरबार सङ्ग्रहालयमा भएका संरचना तथा सामग्रीहरुको रेखदेख तथा उचित सरसफाइमा ध्यान दिन त्यहाँ कार्यरत कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “दरबार सङ्ग्रहालय जस्ताको तस्तै रहोस यसको संरक्षण र सम्बद्धन गर्ने जिम्मेवारी र दायित्व हाम्रो हो ।” दरबार सङ्ग्रहालय मर्मत सम्भारदेखि आवश्यक सामाग्री निर्माणका लागि मन्त्रालयकातर्फबाट पूर्ण सहयोग हुने समेत सचिब न्यौपानेले जानकारी गराउनुभयो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार