26.1 C
Kathmandu

बाँसबारीको जग्गाबारे मालपोत कार्यालयले गरेको निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णयको फाइल झिकाउन आदेश दिएको छ।

मालपोत कार्यालय डिल्लीबजारले अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.को नाममा रहेको उक्त जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया थालेको थियो । यसविरुद्ध अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.ले फागुन १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारलाई विपक्षी बनाएर निवेदन दर्ता गरेको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले शुक्रबार मालपोतको फाइल झिकाउने आदेश दिएको हो ।

सीआईबीले सरकारी जग्गा हिनामिना प्रकरणमा १८ माघमा अरुण चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा। लि। का सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरि अनुसन्धान थालेको थियो । उनीहरूलाई दोस्रो पटक म्याद थपका लागि अदालतमा पेश गर्दा तीन दिनभित्र हाजिरी जमानीमा छाड्नु वा मुद्दा बुझाउनुपर्ने आदेश आएपछि प्रहरीले उनीहरु जमानीमा छाडेको थियो ।

मालपोत कार्यालय, डिल्लीबजारले माघ २४ गते तत्कालिन च्याम्पियन फुटवेयर प्रा.लि.को नाममा दर्ता कायम रहेको जग्गा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को पत्राअनुसार सरकारका नाममा श्रेस्ता अध्यावधिक गरी ल्याउन सीजी चाँदवाग रेसिडेन्सी प्रा.लि.लाई पत्र काटेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार