26.1 C
Kathmandu

फोन पे द्वारा ‘सक्षम नारी’ अभियान सुरू

काठमाडौ। फोन पेले फोन पेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धधन गर्ने उद्देश्यले ‘सक्षम नारी’ अभियान सुरू गरेको छ। माघ २६ गतेदेखि सुरू भएको यो अभियान फागुन २८ गतेसम्म लागू हुने जानकारी फोन पेले दिएको छ।  यस अभियानद्वारा फोन पेले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिइ सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरेको बताएको छ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् अभियान अवधिभर कुनै पनि फोन पे सेवाहरू फोन पे क्युआर, फोन पे डाइरेक्ट, फोन पे बिल प्रयोग गरी कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने छ।

उक्त अभियान अन्तर्गत नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले एक हजार रूपैयाँको ग्यारेन्टी टप–अप जित्नेछन्।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार