29.1 C
Kathmandu

काठमाडौं महानगर भित्र प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै यससम्बन्धि सूचना सार्वजनिक गरेको थियो ।

सूचना अनुसार महानगरका ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको छ । महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ ।

काठमाडौं महानगरले महनागर भित्र यस्ता वस्तुको बिक्री वितरण भएको पाइएमा महानगर प्रहरीले जफत गर्ने र व्यापारीमाथि कारबाही समेत गर्ने जनाएको छ । काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार