26.1 C
Kathmandu

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयरमा आवेदन खुल्ला, प्रतिकित्ता २०६ रुपैयाँ

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । बुधबारदेखि सर्वसाधारणका लागि कम्पनीको प्राथमिक सेयरमा खुल्ला गरिएको हो । सर्वसाधरणले पुस १ गतेसम्म प्राथमिक सेयरमा आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको कम्पनीले जनाएको छ।

कुल जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात ३ करोड कित्ता सेयर सर्वसाधारण समूहमा जारी हुनेछ । त्यसमध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

अंकित मूल्य १ सयमा १०६ रुपैयाँ थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ मूल्य तोकिएको छ । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अधिकतम भने ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार