23.1 C
Kathmandu

बैंकहरु मिटरब्याजीजस्तो हुनु हुँदैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैकहरु मिटरब्याजीजस्तो हुनु नहुने बताएका छन् । पार्टीको मध्यपहाडी लोकमार्ग यात्राका क्रममा आइतबार नुवाकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बैंकहरु निर्मम साहुजी र मिटरब्याजीजस्तो हुन नहुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै ओलीले ऋण लिएर गरेको व्यवसाय संकटमा परेका बेला बैंकहरुले ऋणीलाई सहयोग गर्नुपर्ने बताउँदै अहिलेको अवस्थामा ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्ने बताए । उनले भने, अहिले यस्तो संकटको बेलामा बैंकहरुले आफनो ऋणलाई रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अफ्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ ।

अहिले कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउँदै अध्यक्ष ओलीले भने, कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने सहायता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण उठाउनु पर्छ । ओलीले बैंकहरुले ऋणीको महत्व बुझ्नुपर्ने बताउँदै लोन लिए न बैंक चल्छ, पैसा थुपारेर बैंकले के गर्छ रु डिपोजिट गर्नेहरुको ब्याज कसरी फिर्ता गर्छ ? भन्दै प्रश्न गरेका थिए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार