26.1 C
Kathmandu

टेरामक्स प्रविधि लागू हुँदैनः प्रधानमन्त्री दाहाल

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकको फोन ट्यापिङ गर्नेसहित भित्र्याएको विवादास्पद टेरामक्स प्रविधि कार्यान्वयन नहुँनेप्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । बालुवाटारमा मंगलबार विभिन्न सञ्चारमाध्यामका सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले नागरिकका फोन ट्यापिङ गर्नेसहितका प्रयोजनका लागि समेत प्रयोग गर्न ल्याउन खोजिएको यो प्रविधि कार्यन्वयनमा नआउने बताएका हुन् ।

२०७४ सालमा करिव ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढी खर्चिएर प्राधिकरणले भित्र्याएको टेरामक्स प्रविधिका उपकरण प्रयोगविहीन बनेको छ । टेरामक्स प्रविधि र अन्य उपकरणहरु जडानका लागि टेलिकमले टेलिफोन कम्पनीहरुलाई दबाब दिँदै आएको छ ।

केही दिन अगाडी मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले एक साताको समयसीमा दिएर टेरामक्स प्रविधि कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । प्राधिकरणले दिएको समयसीमा सकिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार