29.1 C
Kathmandu

जग्गाको कित्ताकाँट खुल्यो, अब साढे २ आनासम्मको जग्गा टुक्राउन पाइने

काठमाडाैं । सरकारले जग्गाको कित्ताकाँट खुला गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद बैठकले साढे २ आना (८० वर्गमिटर) मै जग्गाको कित्ताकाँट गर्न पाइने व्यवस्था गरेर कित्ताकाँट खुलाएको हा । अन्य आवासीय प्रयोजनमा भने ४ आना १ दाममा जग्गाको कित्ताकाँट गर्न पाउने गरी निर्णय गरेको छ ।

सरकारको यो निर्णयपछि विकासे आयोजनाले भने जग्गा जतिसुकै पनि टुक्राउन पाउने भएका छन । विकास निर्माणको काम अघि बढाउँदा कसैको जग्गाबाट १ आना, २ आना वा त्योभन्दा कम क्षेत्रफल लिनुपर्ने अवस्थालाई सरलीकृत गर्न सरकारले जति पनि कित्ताकाट गर्न दिने गरी भू उपयोग नियमावली संशोधन गरेको भूमि व्यवस्था मन्त्रालयका एक कर्मचारीले बताए ।

अब अंशबण्डा र मोहीको हकमा साढे २ आनामै र आवासीय प्रयोजनमा भने ४ आना १ दाममा जग्गाको कित्ताकाँट गर्न पाइन्छ ।

सरकारको यो निर्णयपछि अंशबण्डा, अंशभर्पाइ र मोहीको बाँडफाँट गर्नुपर्ने विषयमा पनि न्यूनतम ४ आना १ दाम क्षेत्रफलमा कित्ताकाट गर्नुपर्ने प्रावधान संशोधित नियमावलीमा हटाइएको छ । अब अंशबण्डा र मोहीको हकमा साढे २ आनामै र आवासीय प्रयोजनमा भने ४ आना १ दाममा जग्गाको कित्ताकाँट गर्न पाइन्छ ।

मन्त्रिपरिषद्‍ले जग्गा वर्गीकरणका लागि स्थानीय तहलाई थप अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ । ‘हरेक स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका बाटोको मापदण्ड तोकेका छ ।

अब २० र १३ फिटे बाटोभित्र पर्ने घरको लागि आवश्यक मापदण्ड सम्बन्धित स्थानीय तहले गर्न पाउने छन । अब हरेक पालिकामा त्यही मापदण्डअनुसार कित्ताकाट गर्न पाइने व्यवस्था भएको भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार