26.1 C
Kathmandu

गत आर्थिक वर्षको व्यापार घाटा घट्यो

काठमाडौँ / गतआर्थिक वर्ष २०७९/८० मा मुलुकको व्यापार घाटा घटेको छ । भन्सार विभागका अनुसार गत आ.व.मा व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १५ .४५ प्रतिशतले कम हो ।

गत आर्थिक वर्ष सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण व्यापार घाटामा कमी आएको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले कमी हो भने निर्यात २१.४४ प्रतिशतले कमी हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार