29.1 C
Kathmandu

इनर्जी ड्रिङ्क्सको आयात प्रतिबन्ध हटाउन तयारी

काठमाडौँ /  सरकारले इनर्जी ड्रिङ्क्सको आयातमा लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । बुधबार नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधि मण्डलसँगको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त कुरा बताएका हुन । 

सरकारले २०७६ असार २ गतेको राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिङ्क्स, फ्लेवर्ड सिन्थेटिक ड्रिङ्क्स लगायतको आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले आयातमा प्रतिबन्ध लगाएपछि यसको चोरी पैठारी बढेको बताउँदै व्यवसायीहरूले प्रतिबन्ध खुलाउन माग गर्दै आएका थिए । 

व्यवसायीसँगको भेटमा मन्त्री रिजालले इनर्जी ड्रिङ्क्सको आयातमा प्रतिबन्ध लगाए पनि चोरी पैठारी भइरहेकोले सरकारले राजश्व गुमाइरहेको भन्दै यसको आयात खुलाउने तयारी भइरहेको बताएका हुन । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार