23.1 C
Kathmandu

अख्तियारको संशोधन विधेयकले निजी क्षेत्रलाई नकरात्मक प्रभाव पार्छः चेम्बर

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले सभामुख देवराज घिमिरेलाई भेटेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गरिदिन अनुरोध गरेको छ ।

राष्ट्रिय सभाबाट स्वीकृत भएर प्रतिनिधि सभामा गएको अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्था भएको विधेयकले निजी क्षेत्रलाई नकरात्मक  प्रभाव पार्ने भन्दै चेम्बरले सभामुख घिमिरे समक्ष यस्तो आग्रह गरेको हो ।  

अहिले मुलुकको अर्थतन्त्र जोखिममा रहेको भन्दै चेम्बरले विधेयकले निजी क्षेत्र थप संकुचित हुने निष्कर्ष निकालेको छ । चेम्बरका प्रतिनिधिसँगको भेट पछि सभामुख घिमिरेले, ऐन बनाउन सरकार र राजनीतिक दलहरूकै भूमिका रहने बताउँदै आफूले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । सभलमुख घिमिरेले संसदीय समितिहरू गठनको प्रक्रियामा रहेकाले ती समिति गठन भए लगत्तै आफ्ना सुझावहरू दिने विश्वास दिलाए । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार