29.1 C
Kathmandu

अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक

काठमाडौँ /मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै शोधनान्तर घाटा बढ्दै गएर गत मंसिरमा १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ४.६ प्रतिशत हो । आर्थिक वर्ष २०३९/४० मा शोधनान्तर घाटा जीडीपीको २ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा २.३५ प्रतिशत थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारमा शोधनान्तर स्थिति सवा १ अर्ब रुपैयाँ बचतमा थियो । त्यसपछिका सबै महिना घाटामा छ र हरेक महिनामा घाटा उच्च दरले बढिरहेको छ । यसअनुसार गत साउनमा ३८ अर्ब ७४ करोड, भदौमा ८३ अर्ब ४० करोड, असोजमा ७६ अर्ब १३ करोड र कात्तिकमा १ खर्ब ५० अर्ब ३७ करोड रुपैयाँ घाटामा थियो । ‘यो गम्भीर अवस्था हो,’ एक पूर्वडेपुटी गभर्नरले भने, ‘बढ्दो शोधनान्तर घाटा नियन्त्रणका लागि यथाशीघ्र पहल नगरे अर्थतन्त्र टाट पल्टिन सक्छ ।’ अपेक्षित रूपमा निर्यात बढ्न नसक्दा र आयात तीव्र दरले बढ्दा अहिलेको अवस्था आएको उनले बताए । ‘अब निश्चित समयका लागि विलासिताका वस्तुको आयात रोक्न पनि सकिन्छ,’ उनले भने ।

#bank #nepalrastrabank

चालु आर्थिक वर्षका पाँच महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १।७ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी ९कर्जा प्रवाह० ११।१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५।९ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी वृद्धिदर ३०।१ प्रतिशत छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार