काठमाडौं । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यी दुई बैंकबीच एक्विजिसन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको दुबै बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
दुवै बैंकले संयुक्त मर्जर÷एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम २९ पुसमा दुवै बैंकको सञ्चालक समितिबाट एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता भएको हो ।
एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउन संयुक्त मर्जर कमिटि गठन भएको छ । यस्तो समितिमा नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा सदस्य द्वय आशा राणा अधिकारी र अनन्त पौड्याल सदस्य छन् ।
नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवरको संयोजकत्वमा सञ्चालक द्वय इन्द्र बहादुर थापाको र अमन शाहको एक समिति गठन भएको छ । समितिको ससदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटि बनेको थियो ।
पाँच महिनाभित्रै एकीकृत कारोबार गर्ने
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात कायम हुने भएको छ । उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ ।
सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट उदयकृष्ण उपाध्यायले हस्ताक्षर गरेका छन भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्ष गरेका छन ।
दुबै बैकले नेपाल राष्ट्र बैंक ले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैकहरुको दिर्घकालीन रणनैतिक योजनासमेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन ।
ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंकहरुमा सबै सूचकांकहरुमा अग्रणी हुने दाबी गरेको छ । बैकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन ।
साढे २२ अर्बको बैंक बन्ने
मर्जरपछि साढे २२ अर्ब चुक्तापुँजीको बैंक बन्ने भएको छ । नबिल बैंक ले नेपाल बङ्गलादेश बैकलाई प्राप्ति पश्चात बैकको प्राथमिक पुँजी ४३ अर्ब चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम ३०० अर्ब, निक्षेप रकम ३१४ अर्ब रुपैयाँ हुने छ ।
गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब माथि पुग्ने छ । शाखा संजाल तत्कालै २३५ पुग्नेछ । ग्राहक संख्या १६ लाख माथि हुने छ ।
नबिल बैंकले दिगो बैकिङ्गलाई समेत केन्द्र विन्दूमा राखेर आफ्नो व्यावसायलाई अघि बढाएको छ भने डिजिटल बैकिङलाई समेत ग्राहकको आवश्यकता अनुरूप अघिबढाउदै लैजाने भएको छ ।