29.1 C
Kathmandu

अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिन्छौं : मन्त्री भुसाल

काठमाडौं/ अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताएकी छिन् ।

सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भएपनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताएकी हुन । मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भएपनि प्रक्रियागत रुपमा कानून मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया आएको उनले बताइन ।

संसद सुचारु हुन नसकेको अवस्थामा अध्यादेशकै विधिमार्फत् भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने मन्त्री भुसालले बताइन । उनले भनिन्–‘हामीले झन्डै तिन महिना लाएर एकदमै विज्ञ, विशेषज्ञ सबैलाई राखेर अध्ययन गराएर अनि लाइसेन्स दिने कार्यविधि, नियमावली सबै तयार पा¥यौँ । अब हामी एउटा क्यबिनेटमा लगेर ल्याउँछौँ ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार