26.1 C
Kathmandu

इन्धनको मूल्य उच्च दरले बढ्यो, निगमलाई मासिक १० अर्ब बढी नोक्सानी

काठमाडौं /भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।

भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य महँगिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । आईओसीबाट प्राप्त नयाँ मूल्यअनुसार अहिलेकै बिक्री मूल्यमा १५ दिनमा निगमलाई ५ अर्ब ५१ करोड रुपैयाँ नोक्सानी हुने देखिएको प्रवक्ता उपाध्ययले बताए ।

निगमले १९ फागुनमा नया मूल्य तोकेको थियो । यसकको आधारमा पेट्रोलबाट लिटरमा ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र खाना पकाउने ग्याँसमा ६६५ रुपैयाँ ३४ पैसा घाटा छ ।

रुस र युके्रनको युद्धका कारण गत साता कच्चा तेलको मूल्य प्रति ब्यारेल १३१ डलरसम्म पुगेको थियो । त्यसैको असर अहिलेको नयाँ मूल्यमा देखिएको निगमले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार