26.1 C
Kathmandu

नक्कली भ्याट बनाएर राजस्व छली आरोपमा ३ जनालाई मुद्दा

काठमाडौँ/ मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा मंगलबार तीन जनाविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुबाट कुल १६ करोड ४३ लाख बिगो तथा जरिवाना माग गरिएको छ ।

भक्तपुर सूर्यबिनायक नगरपालिका देउजा गाउँमा स्थायी बसोबास गर्ने दिपककुमार देउजा, चितवन कालिका नगरपालिका स्थायी ठेगाना भई काठमाडौंको सितापाइलामा बस्ने मोहनप्रसाद भट्टराई र काठमाडौं लगनटोलमा स्थायी बसोबास गर्ने सुनिलमान शाक्य विरुद्ध विभागले मुद्दा दायर गरेको हो । विभागका अनुसार उनीहरुले सौगात इन्टरनेसनल (स्था.ले.नं. ३०४३०९५४४) नामक कम्पनीबाट नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि बिजकमार्फत विवरण तयार गरी राजस्व छली गरेको थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार