26.1 C
Kathmandu

फागुनमा बैंकको निक्षेप र कर्जा विस्तार न्यून

काठमाडौँ / फागुन महिनामा बैंकहरुको निक्षेप वृद्धिमा कमि आएपछि कर्जा प्रवाह पनि प्रभावित बनेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार फागुनको २७ दिनमा जम्मा १५ अर्ब मात्रै निक्षेप थपिएको छ भने यो अवधिमा जम्मा १४ अर्ब मात्रै कर्जा प्रवाह भएको छ ।

एसोसिएसनका अनुसार माघ मसान्तसम्म कुल ४३ खर्ब ११ अर्ब निक्षेप संकलन भएकोमा फागुन २७ गतेसम्म आउँदा ४३ खर्ब २६ अर्ब पुगेको छ । त्यस्तै सो अवधिमा कुल कर्जा प्रवाह ४१ खर्ब ५५ अर्ब बढेर जम्मा ४१ खर्ब ६९ अर्ब कायम भएको छ । यसअघि माघ महिनामा १३ अर्ब निक्षेप घटेको थियो भने सो अवधिमा १२ अर्ब मात्रै कर्जा विस्तार भएको थियो । पुँजीगत खर्च पर्याप्त हुन नसक्दा र मुलुकको शोधनान्तर घाटा बढ्दा तरलतामा चाप परिरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार