23.1 C
Kathmandu

भैरहवा–कुवेत उडान गर्न जजिरा एयरवेजको प्रस्ताव

काठमाडौँ /कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न प्रस्ताव गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सकिएलगत्तै जजिरा एयरवेजले नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणसमक्ष प्रस्ताव गरेको हो ।

उक्त विमानस्थलमा जजिराले कुवेत–भैरहवा–कुवेत दैनिक उडानको प्रस्ताव गरेको प्राधिकरणले जनाएको छ । भैरहवा विमानस्थलमा उडान गर्न प्रस्ताव गर्ने जजिरा पहिलो कम्पनी हो । जजिरा बाहेक अन्य विदेशी वायुसेवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि प्रस्ताव आएको छैन । यहाँ वैशाख १ मा नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडानको तयारी भइरहेको छ ।

जजिराले अहिले कुवेत–काठमाडौं रुटमा १७४ सिटको एयरबस–३२० मार्फत दैनिक उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरूका अनुसार करिब साढे ५ घण्टाको हवाई दूरी भएको कुवेत–काठमाडौं अत्यधिक श्रमिक ओहोरदोहोर गर्ने नाफाको रुटमा पर्छ । नेपाल सरकारले १६ वर्षअघि कुवेतसँग हवाई सम्झौता गरेको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएपछि हालको भैरहवा विमानस्थलको धावनमार्ग ट्याक्सी–वेमा परिणत हुनेछ । ३ हजार मिटर लामो धावनमार्ग भएको गौतम बुद्ध विमानस्थलमा ५ वटा न्यारोबडी र ४ वटा एटीआर विमान पार्किङ गर्न सकिन्छ । गौतम बुद्ध विमानस्थल एसियाली विकास बैंकको ऋण तथा अनुदान र नेपाल सरकारको समेत गरी करिब साढे ७ अर्ब रुपैयाँ लगानीमा ७ वर्षमा तयार भएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार