26.1 C
Kathmandu

शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा

काठमाडौं/ उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन सुस्ताएसँगै मुलुक भित्र भित्रने रकम कमी आउँदा मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सात महिनामा २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि माघसम्म भुक्तानी अवस्था अर्थात शोधनान्तर स्थिति घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को यसै अवधिमा सोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ कारेड ७६ लाख बचतमा रहेकोमा यस वर्ष २ अर्ब ८ करोड डलरले घाटामा देखिएको छ ।

चालु खाता ४१३ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेकोछ । अघिल्लो वर्ष यसै अवधिमा चालु खाता १०४ अर्ब ३९ करोड रुपैयाँ घाटामा रहेको थियो । यसअवधिमा पूँजिगत ट्रान्सफरमा १९.४ प्रतिशत घटेर ६ अर्ब ३१ कारेड रुपैयाँ कायम भएको छ । तर, खुद वैदेशिक लगानीमा भने ८०.६ प्रतिशतको उत्साहजनक प्राप्ति देखिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार