23.1 C
Kathmandu

२ अर्ब निक्षेप लिँदा १० अर्ब कर्जा प्रवाह, कर्जाको अधिक मागले तरलता अभाव रोकिएन

काठमाडौं । बैंकहरुले तरलता अभाव झेलिरहेको भएपनि निक्षेपको तुलनामा कर्जा मात्रै बढेको कारण अभावको समाधानको बाटो भने अझै देखिएको छैन । कर्जाको अधिक मागले तरलता अभाव नरोकिदा बैंकहरुले प्रवाह गर्ने निक्षेको तुलनामा ५ गुणा बढी कर्जा प्रवाह भएको पाइएको छ ।

बैंकसं संघ नेपालले सार्वजनिक गरेको फागुन दोस्रो सातासम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमा निक्षेप २ अर्बले बढ्दै कर्जा प्रवाह १० अर्ब रुपैयाँले बढेको छ । फागुन पहिलो साता १ अर्ब निक्षेप प्रणालीमा थपिएकोमा दोस्रो साता पनि १ अर्बले मात्रै थपिएको छ ।

फागुन पहिलो साता ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । दोस्रो सातामा पनि कर्जा प्रवाह थप ६ अर्ब रुपैयाँले बढेको छ । दुबै साताको निक्षेप भने एक एक अर्ब मात्रै छ ।
बैंकर्स संघका अुनसार एक साताको अवधिमा प्रणालीमा निक्षेप १ अर्ब रुपैयाँ बढेर ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जाको माग भने एक साताको अवधिमा ६ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ ।

पछिल्लो समय बैंकमा निक्षेप संकलन न्यून छ भने कर्जाको माग निकै बढेको छ । केही समय यता बैंक ब्याजदर बढेपनि त्यसको प्रभाव प्रणालीमा न्यून देखिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार